

काठमाडौं, ९ भदौ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज बसेकाे सचिवालय बैठकले बिभिन्न जिल्ला, जनसंगठन र बिभागका उपप्रमुख तथा सहइञ्चार्जहरु ताेकेकाे निर्णय गरेको छ ।
पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षमा पार्टीको मुख्यालय धुम्बाराहीमा आज बसेको बैठकले उक्त निर्णय गरेको हो।बैठकले हालसम्म जिम्मेवारी नपाएका नेताहरुलाई जिम्मेवारी ताेकेकाे पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
हेर्नुस् कसलाई कुन जिम्मेवारी ?
भानुभक्त ढकाल : राष्ट्रिय सुरक्षा विभाग प्रमुख
डोरमणि पौडेल : प्रादेशिक मामिला विभाग उपप्रमुख
बेदुराम भुसाल : स्कूल विभाग उपप्रमुख
बिष्णु रिजाल : विदेश विभाग उपप्रमुख
रामकुमार राई : सुरक्षा विभाग उपप्रमुख
सहकारी विभाग उपप्रमुख : कमल चौलागाई
प्रमेश हमाल : नीति अध्ययन प्रतिष्ठान सहसंयोजक
रामकुमारी झाँक्री : इन्जिनियर सम्बद्ध संगठन सहइन्चार्ज
अमृता थापामगर : महिला संघ सहइन्चार्ज
सीता पौडेल : महिला संघ सहइन्चार्ज
सत्य पहाडी : कर्णाली सम्पर्क कमिटी इन्चार्ज
वीरमान चौधरी : सुदुरपश्चिम सम्पर्क कमिटी इन्चार्ज
सुरेश आलेमगर : आदिवासी जनजाति सहइन्चार्ज
शेरवहादुर तामाङ : आदिवासी जनजाति सहइन्चार्ज
तिलक परियार : दलित मोर्चा सहइन्चार्ज
बोमवहादुर विक : दलित मोर्चा सहइन्चार्ज
महेश्वर दाहाल : प्रेस संगठन सहइन्चार्ज
केदार न्यौपाने : जनसांस्कृतिक महासंघ इन्चार्ज
खगेन्द्र राई : जनसांस्कृति महासंघ सहइन्चार्ज
जीवन घिमिरे : खेलकुद महासंघ सहइन्चार्ज
अजम्बर काङमाङ : खेलकुदु महासंघ सहइन्चार्ज
हिक्मत कार्की : शिक्षक सम्बद्ध मोर्चा सहइन्चार्ज
जिल्ला सहइन्चार्जहरु
तिलकुमार मेन्याङबो : ताप्लेजुङ
भगवती चौधरी : सुनसरी
प्रमोदनारायण यादव : सिरहा
हरिनारायण चौधरी : सिरहा
चुडामणि जंगली : कास्की
दीपक देवकोटा : कैलाली
रामचन्द्र साह : पर्सा इन्चार्ज
बलराम खत्री : मजदूर विशेष जिल्ला कमिटी सचिव