-राज भण्डारी-
युएई । हिन्दु महिलाहरुको महान चाड हरितालिका तिज तथा श्रीकृष्ण जन्मअष्टमीकाे अवसरमा गुल्मी सेवा समाज युएईले पनि समुन्द्री भोज तथा तिज विशेष कार्यक्रम सम्पन्न गरेको छ । संस्थाका अध्यक्ष रुद्र थापाको अध्यक्षतामा भएको कार्यक्रममा संस्थाका संरक्षक कृष्ण गौतमको प्रमुख आतिथ्य रहेको थियो । त्यसैगरी संस्थाका प्रमुख सल्लाहकार तथा भुतपुर्ब अध्यक्ष लक्ष्मण अर्याल र युएईमा ब्यबसाय गर्ने गुल्मेली ब्यबसायी तथा बिश्वकर्मा समाज युएईका अध्यक्ष देब बिश्वकर्मा रहनु भएको थियो ।
कार्यक्रममा अपेक्षा गरे भन्दा बढी लगभग ३ सय दर्शकहरुको उपस्थिती रहेको थियो । कार्यक्रम संयाेजक राम श्रेष्ठले भन्नुभयो कार्यक्रम यहि अगस्ट २३ को कृक डेरा दुबई स्थित रोलेक्स टावरको गाडी समुन्द्री बोट Ramee Cruise मा भएको थियो । यो अहिलेसम्मकै राम्रो कार्यक्रम बनेको कुरा संस्थाकी उपाध्यक्ष सिता के. सि. ले बताउनुभयो ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै सचिव सिता रजालीले भन्नु भयो हामी जस्ता बिदेसीयका चेलीहरुलाई यसरी जुटाएर रमाइलो अनि दर खुवाउने कार्यक्रम आयोजना गरेकोमा धन्यवाद पनि दिनु भयो । संस्थामा महासचिव मेघ कंडेलले भन्नूभयो संस्था तपाईं हामी सबैको हो हामी सबै मिलेर अगाडि बढाउन पर्छ कार्यक्रमको लागि सबैले साथ र सहयोग गर्नु भएकोमा धन्यवाद पनि दिनु भयो । उक्त कार्यक्रममा नेपाली खानाका परिकार पुलाउ, चुकौनी, अचार, खसिको मासु लगायत नेपाली खान अल्कुजमा रहेको सयपत्री रेस्टुरेन्टले उपलब्ध गराएको थियो ।
संस्थाका अध्यक्ष रुद्र थापाले भन्नू भयो– ‘हामिले सोचेभन्दा पनि राम्रो कार्यक्रम भयाे कार्यक्रम सफल बनाउनको लागि लागि पर्नु भएका पत्रकार कलाकार लगायत सम्पुर्णलाई धन्यवाद । आगामी दिनमा पनि सबैको मायाको आवश्यकता रहेको र पाउनेमा आसाबादी छु।’ कलाकार होमनाथ कुँवर, सरोज थापा, लगायतले प्रस्तुती राख्नु भएको थियो ।