काठमाडौ , भदौ ८ । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको ‘प्लाज्मा फेरेसिस’ विधिबाट उपचार सुरु भएको छ। गत शुक्रबारदेखि नै नेशनल युनिभर्सिटी हस्पिटलमा सुरु भएको उनका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् ।
आइतबार बिहान ट्वीटरमार्फत रिमालले निजी चिकित्सक प्रा डा दिव्यासिंहको भनाइ उधृत गर्दै यो उपचार प्रकृया अरू केही पटक गरिने उल्लेख गरेका छन् । अहिले ओलीको स्वास्थ्य अवस्था सामान्य भएको पनि रिमालले लेखेका छन् ।
प्रधानमन्त्रीको उपचारका लागि उनकी पत्नी राधिका शाक्य, रिमालसंगै निजी चिकित्सक सिंह र स्वकीय सचिव राजेश बज्राचार्य सिंगापुरमा रहेका छन् । प्रधानमन्त्रीको प्लाज्मा फेरेसिस विधिबाट उपचार सुरु भएसंगै उपचारको समय लम्बिने देखिएको छ ।