

चितवन, भदौ ८ । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा मुछिएका टिभी प्रस्तोता रवि लामिछानेसहित तीनै जनालाई आज अदालतमा पेश गरिएको छ। उनीहरूलाई अनुन्सधानका लागि हिरासतमा राख्न दुई पटक म्याद लिइएको छ।
दोस्रो पटक लिएको पाँच दिनको म्याद हिजो सकिएको छ। हिजो शनिबार भएकाले अदालतमा पेश गर्न सकिएको थिएन्। आज बिहान १० बजे उनिहरुलाई अदालत लगिएको हो । पुडासैनी मृत्यु प्रकरणमा लामिछानेसँगै सञ्चारकर्मी युवराज कँडेललाई पानीपोखरीस्थित न्युज २४ कार्यायलबाट प्रहरीले पक्राउ गरेको थियो । भने, अस्मिता कार्कीलाई सोही दिन कलंकीबाट पक्राउ गरेको थियो ।
अनुसन्धान पूरा नभए प्रहरीले जिल्ला अदालतमा अनुमति लिएर हिरासतमा राख्छ भने अनुसन्धान पूरा भए जिल्ला सरकारी वकिलको कार्यालयमार्फत मुद्दा दर्ता गर्छ।अनुसन्धानका लागि प्रहरीले २५ दिनसम्म हिरासतमा राख्न पाउने कानुनी व्यवस्था छ।
पत्रकार पुडासैनी गत साउन २० गते चितवनको कंगारु होटेलमा झुण्डिएको अवस्थामा फेला परेका थिए।