काठमाडाैं । चर्चित गायिका मेलिना राई र गायक हेमन्त श्रेष्ठको आवाजमा रहेको युगल गीत ‘पंखा एसी’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा डि.पी खनालको शब्द, शंकर थापा स्माइलको संगीत र विश्व अधिकारीको संगित संयोजन छ ।
गीतको भिडियोमा नेपाली चलचित्र ‘लम्फू’ बाट चर्चामा आएका नायक कबिर खड्काले मोडल द्वय एलिशा अधिकारी र ज्योस्ना श्रेष्ठसँग रोमान्स गरेका छन् । गीतलाई अजय रेग्मीले खिचेका हुन् ।
गीतमा पदम सुबेदीको सम्पादन र मिलन बिश्वकर्माको कलरिङ छ । शिव वि.कको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियो ‘डश म्युजिक नेपाल’ मार्फत् सार्वजनिक गरिएको हो ।