

-रामचन्द्र दुलाल-
सिन्धुपाल्चोक । भुकम्पको घर निर्माण गर्दिन्छु भन्दै मेलम्ची नगरपालिका वडा नम्बर १२ माझीगाउँ बाहुनेपाटीका सुकुमाई मझिनिको एकलाख पचास हजार रकम अन्जनकुमार नेपालले डिपिसी नगरी खाएको खुलेको छ । हिडडुल गर्न नसक्ने ८३ बर्षिया वृद्धा सुकुमाईकाे अहिले टहरा मै बाँस छ ।

‘२०७५ चैत्र १३ गते अन्जनकुमार नेपाल आएर फकाई फुलाई गर्यो घर बनाई दिन्छु भन्यो पैसा दिए अहिले नाक मुख देखिदैन’- उनले भने । डिपिसी नगरी कसरी रकम दियो वडा अध्यक्ष रामबहादुर तामाङ र नगरपालिकाको प्राविधिकको पनि मिलेमतो रहेको एक स्थानीयले भने । सरकारी नियम अनुसार डिपिसी नगरी दोस्रो किस्ता दिन मिल्दैन । रकम नदिएको भन्दै पिडित मझिनिले अन्जन कुमार नेपाललाई इलाका प्रहरी कार्यालयमा उजुरी दर्ता गरेकाे बुझिएकाे छ ।

