

काठमाडौँ, ३ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सर्वदलीय बैठक आव्हान गर्नुभएको छ । दलहरूबीच केही समयदेखि संवादहीनताको अवस्था रहिरहेका बेला प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक डाक्नुभएको हो ।
बेलुकी ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा प्रधानमन्त्रीले समसामयिक राजनीतिक विषयमा छलफल हुने बताइएको छ । प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच सम्वाद नभईरहेका बेला प्रधानमन्त्री ओलीले प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलिय बैठक बोलाउनुभएको हो ।
संसदमा हाल नेपाल कम्युनिस्ट पार्टी (नेकपा), नेपाली कांग्रेस, समाजवादी र राजपा गरी ४ दल छन् । लामो समयदेखि अड्किएको संक्रमणकालीन न्यायसम्बन्धी विषयको टुंगो लगाउन सर्वदलीय बैठक बोलाइएको बताइएकाे छ ।