राष्ट्रिय वाणिज्य बैंककाे ब्राण्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठ नियुक्त

राष्ट्रिय वाणिज्य बैंककाे ब्राण्ड एम्बासडरमा मिस नेपाल श्रेष्ठ नियुक्त

काठमाडाैं, ३ भदाै । राष्ट्रिय वाणिज्य बैंकको ब्राण्ड एम्बासडरमा मिस नेपाल २०१९ अनुष्का श्रेष्ठ नियुक्त भएकी छिन् । सोमबार एक कार्यक्रमकाबीच मिस नेपाल अनुष्का श्रेष्ठलाई ब्राण्ड एम्बासडरमा नियुक्ती गरिएको घोषणा गरेको हो ।

राष्ट्रिय वाणिज्य बैंक र अन्य वाणिज्य बैंकहरुसँग प्रतिस्पर्धा गर्दै अधि बढिरहेको र आगामी दिनमा यसको सेवालाई अझ विस्तार गर्दै लैजाने क्रममा आफ्नो व्यवसायलाई प्रवद्धन गर्न बैंकले आफ्नो ब्राण्ड एम्बासडरमा नियुक्त गरेको बैंकका कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले जानकारी दिए ।

बैंकले गत आर्थिक वर्षमा ५ खर्ब ३२ करोड रुपैया खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपैया, कर्जा १ खर्ब ४४ अर्ब रुपैया र बेस रेट ५ दशमलव ५० प्रतिशत रहेको छ ।