‘शैक्षिक भविष्यकालागि स्वार्थभन्दा माथि उठेर निर्णयमा पुगौँ ‘

‘शैक्षिक भविष्यकालागि स्वार्थभन्दा माथि उठेर निर्णयमा पुगौँ ‘

-उमेश श्रेष्ठ-

त्रिभुवन, नेपाल संस्कृत, मध्यपश्चिम, सुदुरपश्चिम, कृषि तथा वन, पूर्वाञ्चल र पोखरा विश्वविद्यालयको उपकुलपति पद दुईदिन पछि रिक्त हुदैछ ।

सातवटा विश्वविद्यालयमा उपकुलपति नियुक्तिको बिषय मुलुकको समग्र शैक्षिक भविश्यसंग जोडिएको प्रमुख बिषय हो । तर पद रिक्त हुनु दुईदिन अघिसम्म पनि यसको कुनै टुंगो सर्च कमिटिले लगाएको छैन । राम्रा भन्दा हाम्राको खोजी र सत्तारुढ नेकपाभित्रको गुट–उपगुट मिलाउन सकस भएकाले सर्च कमिटिले उपकुलपतिहरुको नाम छनौट गर्न नसकेको भन्ने खवरहरु आएका छन् । यो दुर्भाग्यपूर्ण हो ।

हिजोकै गलत अभ्यास र प्रवृत्ति अनुसारनै अब पनि विश्वविद्यालयमा भागवण्डा र हाम्राको खोजी गरिरहने हो भने प्राज्ञिक थलो तहसनहस त हुने नै छ,यसले मुलुकको समग्र भविश्यनै अन्धकारतर्फ धकेल्ने छ । त्यसैले सोचौँ, मनन गरौँ र स्वार्थभन्दा माथि उठेर मुलुकको समग्र शैक्षिक भविश्यलाई केन्द्रमा राखेर निर्णयमा पुगौँ ।

(याे सामाग्री शिक्षाविद् एवम् सा‌सद उमेश श्रेष्ठकाे फेसबुकबाट लिएका हाैं)