

काठमाडौँ, ३१ साउन । टेलिभिजन कार्यक्रम प्रस्ताेता रवि लामिछानेसहित तीन जनालाई ५ दिन थुनामा राखेर अनुसन्धान अघि बढाउन चितवन अदालतले अनुमति दिएको छ । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका सञ्चारकर्मी लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न जिल्ला अदालत चितवनले आदेश दिएको हाे । शुक्रबार चलेको लामिछाने सहित ३ विरुद्धको थुनछेक बहस पछि यस्तो आदेश दिईएको हो ।
प्रहरीले लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्कीलाई शुक्रबार जिल्ला अदालत चितवनमा उपस्थित गराएको थियो । अदालतसँग प्रहरीले १० दिनको समय मागेकोमा ५ दिन म्याद पाएकाे हो । साउन २० गते राति नारायणगस्थित पोखरा बसपार्कमा रहेको होटेल कंगारुको कोठामा पत्रकार शालिकराम पुडासैनी मृत अवस्था फेला परेका थिए। पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा मुछिएपछि प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको हो । लामिछानेसहित तीनै जनालाई बिहीबार काठमाडौंबाट पक्राउ गरेर चितवन लगिएको थियो ।
हेर्नुहाेस् के भयाे आज चितवनमा ?