नवलपरासी पुर्व । ड्याड नेपालको आयोजनामा विनयी त्रीवेणी गाउँपालिकाको भानुदय मा बि का बिद्यार्थीहरुको लागि रुपान्तरण शिर्षक रहेको उत्प्रेरणात्मक कार्यक्रम बुधबार सम्पन्न भएको छ।
भानुदयमा बिको सभाहलमा संचालित उक्त कार्यक्रम खासगरी बिद्यार्थीहरुलाई समस्याबाट समाधानतर्फ,अध्यारोबाट उज्यालोतर्फ तथा असफलताबाट सिकेर सफलता तर्फ लाग्न उत्प्रेरित गने उद्देश्यले आयोजना गरिएको आयोजक सस्थाका अध्यक्ष एवं कार्यक्रमका सभापति किरण भुर्तेलले बताए ।कार्यक्रममा आफ्नो प्रस्तुति राख्दै प्रमुख वक्ता इश्वर गैरेले आफ्नो खास क्षमता पहिचान गरि त्यहि अनुसारको काम गरेमा सफलता हासिल गर्न सकिने तथा जिवनको रुपान्तरण सम्भव रहेको कुरा प्रेरक ब्यक्ति हरुका दृष्टान्त सहित बताए ।
कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि विनयि त्रीवेणी गाउपालिकाका अध्यक्ष डम्बरबहादुर जिसिले अहिलेका युवा हरु पढाई लगाएतका आवस्यक र सकारात्मक कुरा भन्दा अन्य कुलतमा लागेको प्रती चिन्ता ब्यक्त गर्दै ड्याड नेपालले सुरु गरेको अभियान अत्यन्तै सकारात्मक रहेको र आफू र आफ्नो गाउपालिकाको तर्फबाट हुन सक्ने जुनसुकै सहयोगको लागि आफू तयार रहेको कुरा जानकारी दिए।प्लस टु लेभलका विद्यार्थीलाई लक्षित गरि आयोजना गरिएको कार्यक्रमका करिव सय जना विद्यार्थीको सहभागिता रहेको थियो ।
दुई घण्टा लामो कार्यक्रमको संचालन ड्याड नेपालका सदस्य बिकास श्रेष्ठले गरेका थिए भने कार्यक्रममा विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष कृष्ण पाण्डे,विनयो त्रीवेणि गाउपालिका पशु साखा प्रमुख तथा विद्यालयका शिक्षकहरुको उपस्तिथि रहेको थियो।कार्यक्रम आयोजनाका लागि धन्यवाद ज्ञापन गर्दै आगामी दिनमा पनि यस्तै कार्यक्रम आयोजना गर्नका लागि पनि बिधालयका प्रधानाध्यापकले अनुरोध गरेका थिए।