पोर्चुगलमा प्रेस युनियन

पोर्चुगलमा प्रेस युनियन

लिस्बन, २९ साउन । यूरोपेली मुलुक पोर्चुगलमा नेपाल प्रेस युनियनको शाखा स्थापना भएको छ । युनियनसंग आबद्ध रही पोर्चुगलमा क्रियाशील लोकतन्त्रवादी पत्रकारहरुको लिस्बनमा सम्पन्न प्रथम भेलाले युनियनको तदर्थ समिति गठन गरेको हो ।

नेपाली कांग्रेसका प्रबक्ता बिश्व प्रकाश शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भेलाले पत्रकार बासु सत्यालको सम्योजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । समितिको सदस्यहरुमा प्रबल भट्टराई, यादव देवकोटा, पुनम गौतम, श्याम सुवेदी, अनिल पाण्डे र सुरेश जोशी रहनुभएको छ ।

त्यस्तै समितिको सल्लाहकारमा नेपाली जनसम्पर्क समिति पोर्चुगलका संस्थापक अध्यक्ष पूर्ण बहादुर हमाल, पूर्व अध्यक्ष लक्ष्मी प्रसाद सापकोटा, गैर आवासीय नेपाली संघ पोर्चुगलका पूर्व अध्यक्ष रमेश गुरुङ, जनसम्पर्क समिति पोर्चुगलका अध्यक्ष बिनोद घिमिरे, गैर आवासीय नेपाली संघ पोर्चुगलका अध्यक्ष कुबेर कार्की, महासमिति सदस्य चिज कुमार तामाङ, महाधिबेशन प्रतिनिधी सुरेन्द्र अमगाई रहेका छन।

कार्यक्रममा नेपाल प्रेस युनियन काठमाण्डौंका पूर्व अध्यक्ष नारायण अर्यालले शाखा गठनको आवश्यकता र औचित्य माथी प्रकाश पार्दै तदर्थ समितिको घोषणा गरेका थिए। भेलालाई सम्बोधन गर्दै काङ्ग्रेस प्रवक्ता शर्माले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकारहरुको महत्वपूर्ण योगदान रहेको बताए । उनले पेशागत मर्यादा र समाजको एकतामा सङ्सङ्गै ध्यान दिन पनि सुझाए । भेलाले प्रेस युनियन केन्द्रिय समितिसँग समन्वय गरी छिट्टै अधिवेशन गर्ने निर्णय गरेको छ ।