काठमाडौं, २९ साउन । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आज ३ बजेका लागि बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक पुनः स्थगित भएको छ।
विवादित विषयमाथी आन्तरिक छलफलका बोलाइएको बैठक पार्टीभित्र थप छलफल गर्नुपर्ने कारण देखाउँदै भाेलिका लागि सारिएको छ।
पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले आफ्नो टिमका नेताहरुसंग गरेको छलफलमा स्कूल बिभागसहित जनबर्गीय संगठनको नेतृत्व पूर्ब माओवादीहरुलाई सुम्पन नहुनेमा अडान राखेपछि बैठक स्थगित गरिएको स्राेतले बताएको छ। पछिल्लो समय नेकपाभित्र स्कुल बिभाग प्रमुख को हुने भन्ने बिषयमा बिबाद बढेर गएकाे छ ।