काठमाडौं, २६ साउन । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ । बैठकबाट स्थानीय तहको अन्तरिम संरचना सहमतिबाट टुंगो लगाउने तयारी भएको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिएका छन् ।
हिजो साँझ पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको पदाधिकारीसहित नेताहरूको बैठकले तल्लो तहको संरचना सहमतिबाट टुंगो लगाउने गरी निर्देशिका तयार पारेको छ । समायोजन भएका निर्वाचन क्षेत्रका साथै नगर र गाउँपालिकामा गाभिएका वडा र गाविसको नेतृत्व सहमतिबाट टुंगो लगाउने बुझिएको छ ।
नेतृत्व चयन भूगोल, जनसंख्या, वरिष्ठतासहितका विकल्पलाई आधार बनाएर नेतृत्व चयन गर्ने नेताहरूबीच समझदारी बनेको छ। सहमहामन्त्री डा. महतकाअनुसार अन्तरिम संरचना निर्माणको विषय सहमतीबाटै टुंगोमा पुग्दैछ ।