गुल्मी , २४ साउन । गुल्मीको गौंडाकोटमा जिप दुर्घटना भएको छ । गुल्मीदरवार गाउँपालिका वडा नम्वर ३ गौडाकोटमा बुटवलबाट तम्घास जाँदै गरेको लु २ च ५४७५ नम्वरको जिप दुर्घटना भएको हो । दुर्घटनामा गाडी चालक छत्रदेवगाउँपालिका ७ का ४६ वर्षिय हरिप्रसाद पाण्डेको मृत्यु भएको छ ।
गुल्मी प्रहरीकाअनुसार गम्भीर घाइतेलाई माथि सडकमा निकालेर पाल्पा पठाइँएकाे छ।थप विवरणका लागि प्रहरी खटिएको छ ।जिपमा ६ जना यात्री सवार थिए । गाडी धेरै तल झरेकोले बेपत्ता खोजी भैरहेको प्रहरीले जनाएको छ ।