नेपालले ओमानमा टी-ट्वान्टी सिरिज खेल्ने पक्का,पहिलाे खेल हङकङसँग खेल्ने

नेपालले ओमानमा टी-ट्वान्टी सिरिज खेल्ने पक्का,पहिलाे खेल हङकङसँग खेल्ने

काठमाडौं , २४ साउन।नेपालले ओमानमा आयोजना हुने पाँच राष्ट्रबीच हुने टी-ट्वान्टी क्रिकेट प्रतियोगिता खेल्ने पक्का भएको छ ।

ओमान क्रिकेटले आयोजना गर्ने सिरिजमा नेपालसहित आयोजक ओमान, टेष्ट राष्ट्र आयरल्याण्ड, हङकङ र नेदरल्याण्डले प्रतिस्पर्धा गर्ने छन् ।प्रतियोगिता असोज १८ देखि २३ सम्म हुनेछ ।

नेपालले पहिलो खेल हङकङसँग असोज १९ गते खेल्नेछ । यस्तै दोस्रो खेलमा नेदरल्याण्डसँग असोज २०, तेस्रो खेलमा आयरल्याण्डसँग असोज २२ र अन्तिम खेलमा नेपालले ओमानसँग असोज २३ गते खेल्ने छ ।

युएईमा आयोजना हुने आईसीसी टी-ट्वान्टी विश्वकपको ग्लोबल छनोट अघि ओमानले पाँच राष्ट्रबीचको सिरिज खेलाउन लागेको हो । आइसीसीले नेपाललाई खेल्न अनुमती दिएपछि खेल्ने पक्का भएको हो ।