

धादिङ, २४ साउन । सर्लाहीबाट काठमाडाैं आउँदै गरेकाे बस त्रिशुली नदीमा खस्दा चार जनाकाे मृत्यु भएकाे छ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको वेनिघाट रोराङ गाउँपालिकाको वडा नम्बर ३ सलाङघाटमा आज साढे तीन बजेतिर ना ६ ख ७४६९ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको हाे ।
प्रहरीकाअनुसार बस सडकबाट अन्दाजी २ सय मिटर तल त्रिशूली नदीमा खसेको छ । दुर्घटनाको कारण नखुलेको र यसबारे थप अनुसन्धान भइहेको छ । अहिलेसम्म १० जनाको उद्धार गरिएको घटनास्थलमा रहेका प्रहरी उपरीक्षक राजकुमार बैदवारले जानकारी दिए। नेपाली सेना, शसस्त्र प्रहरीको टोली उद्धारमा खटिएका छन्। गम्भीर घाइते भएकालाई काठमाडाैंकाे ट्रमा सेन्टरमा ल्याइएकाे छ भने सामान्य घाइतेकाे धादिङमै उपचार भइरहेकाे छ।