शेयर बजारः दोहोरो अंकले गिरावट

शेयर बजारः दोहोरो अंकले गिरावट

काठमाडौं ,  २३ साउन ।  साताको अन्तिम दिन आज नेप्सेमा दोहोरो अंकले गिरावट आएको छ । नेप्से घटे पनि कारोबार रकम भने अघिल्लो दिनको तुुलनामा बढेको छ । नेप्से आज नौ दशमलव ९२ अंकले घटेर १२ सय ३८ दशमलव ५६ विन्दुुमा झर्दा सेन्सिटिभ एक दशमलव ९६ अंकले घटेर २ सय ६८ विन्दुुमा झरेको छ ।

एक सय ६६ कम्पनीहरुको २९ हजार चार सय ९६ वटा कारोबारमा १८ लाख ७७ हजार पाँच सय ४२ कित्ता सेयर खरिद विक्री भएका छन् । उक्त परिमाणमा सेयर खरिद विक्री हुँदा कारोबार रकम ४५ करोड ४६ लाख २९ हजार पाँच सय ७५ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समूहको कारोबार भएकोमा सबै सूचक घट्दा नेप्से पुरै रातो भएको छ । यीमध्ये वाणिज्य बैंक समूहको सूचक पाँच दशमलव ५४ अंंकले घटेर ११ सय १८ दशमलव तीन विन्दुुमा झर्दा बिकास बैंक समूहको सूचक पनि आठ दशमलव १५ अंकले घटेर १५ सय ९५ दशमलव सात विन्दुमा झरेको छ ।

जलविद्युुत् समूहको सूचक पनि ३१ दशमलव ३५ अंकले घटेर ११ सय ११ दशमलव ५४ विन्दुुमा झर्दा निर्जिवन बीमा समूहको सूचक पनि ७५ दशमलव ४३ अंकले घटेर चार हजार नौ सय ५८ दशमलव शून्य नौ विन्दुुमा झरेको छ । लघुुवित्त, जीवन बीमा, टे«डिङ, होटल, फाइनान्स, उत्पादनमूलक, अन्य र सामुुहिक लगानी कोष समूहको सूचक पनि घटेका छन् ।

आज बढी कमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको सर्पोट माईक्रो फाईनान्स बित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच रुपैयाँ ७१ पैसाले बढेर पाँच सय रुपैयाँमा कारोबार भएको छ भने बढी गुमाउने कम्पनीको सूचीमा पहिलो स्थानमा परेको रसुुवागढी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मूल्य नौ रुपैयाँ सात पैसाले घटेर दुुई सय १४ रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी रकम कारोबार गर्ने कम्पनीको परेको रसुुवागढी हाइड्रो पावर कम्पनीको प्रतिकित्ता दुई सय १४ रुपैयाँ अन्तिम मूल्यमा नौ करोड ७६ लाख ९९ हजार एक सय ८१ रुपैयाँको कारोबार भएको छ ।