काठमाडौँ, २१ साउन । कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंह अस्पताल भर्ना भएका छन्। उनलाई हिजो राति अस्पताल भर्ना गरिएको जनाएको छ।
नेता सिंहलाई ज्वरो, रुघाखोकीलगायत समस्या देखिएपछि नेपाल मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो।उनको स्वास्थ्यमा सुधार आइरहेको अस्पतालले जनाएको छ। उनी अझै केही दिन अस्पतालमै बस्ने जनाएको छ।