पीएसजीले उचाल्यो फ्रेन्च सुपर कपको उपाधि

पीएसजीले उचाल्यो फ्रेन्च सुपर कपको उपाधि

एजेन्सी । फ्रेन्च सुपर कपको उपाधि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले हात पारेको छ । गएराति भएको फाइनल खेलमा रेनसलाई २-१ गोल अन्तरले पराजित गर्दै पीएसजीले सिजनको पहिलो उपाधि हात पारेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एमबाप्पे र एन्जल डी मारियाले एक एक गोल गरे । त्यसैगरी रेनसका एड्रीन होन्युले एक गोल फर्काउनुभयो । जित सँगै पीएसजीले किर्तीमानी नवौं पटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ ।