स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज सिंगापुर जादै

स्वास्थ्य परीक्षणका लागि प्रधानमन्त्री ओली आज सिंगापुर जादै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नियमित स्वास्थ्य परीक्षणका लागि आज सिङ्गापुर जाने भएका छन ।

उनी आज राति सिङ्गापुर जान लागेका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिए । प्रेस सल्लाहकार अर्यालका अनुसार प्रधानमन्त्री ओलीले सिङ्गापुरस्थित नेशनल युनिर्भसिटी हस्पिटलमा उपचार गराउनु हुनेछ । प्रधानमन्त्री ओलीले १२ वर्षअघि भारतमा मिर्गौला प्रत्यारोपण गरेपछि नियमित स्वास्थ्य परीक्षण गराइरहेका छन । यसअघि उनी नियमित स्वास्थ्य परीक्षण गराउन थाइल्याण्डमा गएका थिए ।

प्रधानमन्त्रीसँग उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा दिब्यसिंह शाहसमेत जानु हुने प्रेस सल्लाहकार अर्यालले जानकारी दिए । प्रधानमन्त्री ओली नियमित स्वास्थ्य परीक्षण गरेर एक सातापछि स्वदेश फर्कने कार्यक्रम रहेको छ । रासस