काठमाडौं, १७ साउन । आगामी तीन दिनसम्म मेघ गर्जन र चट्याङसहित पानी पर्ने मौसमविद्काे पूर्वानुमान रहेकाे छ । शुक्रबार, शनिबार र आइतबारसम्म केही स्थानमा चट्याङ पर्ने र पश्चिमको पहाडी भूभागको एक वा दुई स्थानमा भारी वर्षा हुने भएकाले सतर्कता अपनाउनुपर्ने मौसमविद्ले बताएका छन् ।
आज देशभर आंशिक देखि सामान्य बदली रहने मौसम पूर्वाअनुमान महाशाखाले जनाएको छ । महाशाखाकाअनुसार देशका केही स्थानहरुमा भने मेघ गर्जन र चट्याङ सहित हल्कादेखि मध्यम वर्षा हुने संभावना रहेको छ । पश्चिमी पहाडी भू–भागका एकदूई स्थानमा भारी वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
महाशाखाले जारी गरेको बुलेटिनकाअनुसार आज राति देशभर आंशिकदेखि सामान्य बदली रही देशका केही स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । पश्चिमी पहाडी भू–भागका केही ठाउँमा भने भारी वर्षाको सम्भावना रहेको बुलेटिनमा उल्लेख छ ।
अहिले देशको पूर्वी, पश्चिमी तथा मध्य पहाडी भू–भागमा सामान्य बदलीको अवस्था रहेको र ती क्षेत्रहरुका थोरै ठाउँमा हल्का वर्षा भैरहेको मौसमविद्हरुले बताएका छन् ।
देशको केही भूभागमा मेघ गर्जन र चट्याङ पर्ने सम्भावना रहेको तथा पश्चिमी पहाडी भू–भागको कैही भूभागमा भारी वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन मौसमविद्हरुले आग्रह गरेका छन् ।