नवनियुक्त पर्यटनमन्त्री भट्टराईद्वारा शपथ ग्रहण

नवनियुक्त पर्यटनमन्त्री भट्टराईद्वारा शपथ ग्रहण

काठमाडौं , १५ साउन ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का युवा नेता योगेश भट्टराईले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले भट्टराईलाई मन्त्री पदको शपथ गराएकी हुन् ।

शपथ कार्यक्रममा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओली, प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिम्सिना लगायतका संवैधानिक निकायका उच्च पदस्थ व्यक्तिहरु सहभागी भएका थिए । प्रधानमन्त्री केपी शर्मा ओलीले भट्टराईलाई बुधबार पर्यटनमन्त्री नियुक्त गरेका हुन् भट्टराई ताप्लेजुङबाट प्रत्यक्षमा निर्वाचन जितेका सांसद हुन् उनी पहिलोपटक मन्त्री बन्दै छन् ।  ।

गत फागुन १५ गते गते तात्कालीन पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा ताप्लेजुङमा निधन भएपछि पर्यटन मन्त्रालय प्रधानमन्त्रीले नै सम्हाल्दै आएका थिए ।