नेपालको ट्वान्टी-२० विश्वकप खेल्ने सपना चकनाचुर, सिंगापुरसँग ८२ रनको लज्जास्पद हार

नेपालको ट्वान्टी-२० विश्वकप खेल्ने सपना  चकनाचुर, सिंगापुरसँग ८२ रनको लज्जास्पद हार

सिंगापुर, १२ साउन । अन्तत: नेपालको आगमी वर्ष अष्ट्रेलिया हुने टी २० विश्वकप खेल्ने सपना सकिएकाे छ । आज आईसीसी टी२० एसिया विश्वकलप छनोट खेलमा सिंगापुरसँग ८२ रनले पराजित भएसँगै नेपालको विश्वकप खेल्ने सपना समाप्त भएको हो । नेपाललाई हराउँदै च्याम्पियन बनेको सिंगापुर पहिलो पटक ग्लोबल छनोटमा पुगेको छ । नेपालले सन् २०१४ मा बंगलादेशमा भएको ट्वान्टी२० विश्वकप खेलेको थियो । दोस्रोपल्ट विश्वकप खेल्ने लक्ष्यमा रहेको नेपालले एसियाली छनोट नै पार गर्न सकेन । सिंगापुरले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ग्लोवल क्वालिफायर खेल्ने भएको छ ।

१ सय ९२ रनको विजयी लक्ष्य पछ्याएको नेपाल १५ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । ओपनर ज्ञानेन्द्र मल्लले ३९ रन बनाउन बाहेक अन्य कुनै पनि खेलाडीले राम्रो प्रर्दशन गर्न सकेनन् ।
त्यसपछिका बाँकी २ खेलमा ३५ औं वरीयताको मलेसिया र २८ औं वरीयताको कुवेतलाई नेपालले सजिलै हरायो । घरेलु टोली सिंगापुरबिरुद्धको खेलमा पराजित भएपछि नेपाली खेलाडीका लागि बिर्सनलायक प्रतियोगिताको अनुभव रह्यो ।

फाइनलसरह रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरबिरुद्ध नेपाली बलरहरु प्रभावहीन रहे । अविनाश बोहोराले अन्तिम ओभरतिर ४ विकेट झारे पनि अन्य सबै महंगा बने । सुपरस्टार स्पिनर सन्दीप लामिछाने र बसन्त रेग्मीले ४ ओभरमा ५० रन दिए ।