ग्लोबल छनोटकालागि नेपाल र सिंगापुर जित्नैपर्ने मोडमा, नेपाललाई वर्षाको चिन्ता

ग्लोबल छनोटकालागि नेपाल र सिंगापुर जित्नैपर्ने मोडमा, नेपाललाई वर्षाको चिन्ता

काठमाडौं, ११ साउन । नेपालले आईसीसी टी२० एसिया विश्वकप छनोट अन्तर्गत आईतबार निर्णायक खेलमा घरेलु टोली सिंगापुरसँग खेल्ने छ ।  आईसीसी टी–ट्वान्टी विश्वकप छनोट अन्तर्गत एसिया फाईनल जस्तै बनेकाे अन्तिम खेलमा नेपालको आईतबार सिंगापुरसंग भाग्य परिक्षा हुदैछ । यो खेल विश्वकपको ग्लोबल छनोटमा पुग्न दुवै टिमकालागि अन्तिम विकल्प हो । खेल सिंगापुरको ईन्डियन एसोसियसन मैदानमा नेपाली समय अनुसार बिहान सवाँ ७ बजे सुरु हुनेछ ।

याे खेलको नतिजाले विश्वकपमा नेपालको भविष्य प्रष्ट पार्नेछ । अघिल्लो चरण पुग्न दुवै टिमकालागि जितको विकल्प छैन । प्रतियोगिताको एक मात्र अपराजित टोली सिंगापुर समेत नेपाललाई हराउदै ग्लोबल छनोटमा स्थान बनाउन चाहन्छ । नेपाल पनि पहिलेदेखि हराउदै आएको टिम सिंगापुरलाई हराएर मात्र अघिल्लो चरणमा जान सक्ने भएकोले सबै उपाय लगाएर जीतकै खोजीमा हुनेछ ।

खेल बराबरी वा बर्षाले प्रभावित भएको अवस्थामा सिंगापुर अघिल्लो चरण प्रवेश गर्ने अंक आंकडाले देखाउछ ।नेपाल समुह चरणको दोस्रो स्थानमा छ । उसले ३ खेलबाट ४ अंक जोडेको छ । शीर्ष स्थानको सिंगापुरको समान खेलबाट ५ अंक छ । कुवेतविरुद्व खेल बर्षाले प्रभावित भएपछि सिंगापुरले अंक बाँडेको थियो । नेपालले पहिलो खेलमा कतारसंग अप्रत्यासित हार ब्यहोरेको थियो । अबकाे खेलमा नेपालकाे कब्जामा आइसकेको खेल अब रनरेट र अन्य टोलीको नतिजा भन्दा पनि नेपाललाई वर्षाको चिन्ता छ ।