सरकार आपराधिक घटना नियन्त्रण गर्नुकाे सट्टा मुकदर्शक बन्याे: कांग्रेस सभापति देउवा

सरकार आपराधिक घटना नियन्त्रण गर्नुकाे सट्टा मुकदर्शक बन्याे: कांग्रेस सभापति देउवा

काठमाडौँ, ११ साउन । नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले समाजमा अराजक घटना घटिरहँदा पनि सरकार मुकदर्शक बनेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा कांग्रेस नेता गुरुराज घिमिरेको कथासंग्रह ‘मान्छेका कथाहरु’को विमोचन गर्दै देउवाले निर्मला पन्त हत्याकान्डको दोषी पत्ता नलाग्नु, आपराधिक घटनाहरु नियन्त्रण नहुनुलाई सरकारको कमजोरीकारुपमा व्याख्या गरे ।

उनले कर्मचारी भर्नापनि अव भनसुनको अवस्था आएको जिकिर गरे । समाजमा घटेका नकारात्मक र सकारात्मक बिषयलाई पुस्तकमा उत्तारको भन्दै उनले लेखक घिमिरेको प्रसंसा गरे ।

कार्यक्रममा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले नेताहरु साहित्यप्रेमी हुनु सुखद् पक्ष भएको भन्दै साहित्यको प्रभाव सकारात्मक हुने धारणा व्यक्त गरे । घिमिरेको कथासंग्रहमा ‘पण्डित बा’, ‘प्रेमी गुमाएकी प्राध्यापक’लगायत १३ ओटा कथाहरु समावेश छन् ।