आज र भोलि ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

आज र भोलि ठूलो पानी पर्ने सम्भावना, सतर्क रहन आग्रह

काठमाडाैं, ८ साउन । आज र भाेलि देशभर पूर्ण बदली हुने र अधिकांश स्थानमा वर्षाकाे सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाकाअनुसार मनसुनी न्यूनचापीय रेखा नेपालको दक्षिणतर्फ अवस्थित रहेको र बङ्गालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायूको प्रभावका कारण पूर्व र मध्यका अधिकांश साथै पश्चिमका केही स्थानमा वर्षाको सम्भावना रहेको छ ।

महाशाखाले जारी गरेको बुलेटिनकाअनुसार हिजोदेखि पानी परिरहेकाले पहिरो जान सक्ने भएकाले सर्तक रहन आग्रह गरेको हो । अहिले पश्चिम र पूर्वका केही जिल्लाहरुमा वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज पश्चिम तराईका केहि स्थानमा भारी वर्षा हुने सम्भावना रहेको छ । आज र भोली देशभरका अधिकांश स्थानमा पानी पर्ने र पर्सी शुक्रबारदेखि मौसममा सुधार आउने महाशाखाले जनाएको छ ।