कांग्रेस नेता बस्नेतको नाममा भ्रम फैलाइयाे, सहकारीका सिइओ भन्छन् ‘बस्नेतको नाममा कुनै खाता नै छैन’

कांग्रेस नेता बस्नेतको नाममा भ्रम फैलाइयाे, सहकारीका सिइओ भन्छन् ‘बस्नेतको नाममा कुनै खाता नै छैन’

काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले प्रणामी बचत तथा ऋण सहकारी संस्थामा ६१ करोड रहेको समाचारले आज चर्चा पायो । जुन समाचार सत्य नभएकाे सराेकारवाला पक्षबाट स्पष्ट भएकाे छ । पूर्व सञ्चारमन्त्री बस्नेतले उक्त सहकारीमा आफ्नो नाममा कुनै खाता नरहेको प्रष्ट पारेका छन्।

‘जुन सहकारी संस्थाको म सदस्य नैै छैन, पैसा हुने कुरै भएन’ – उनले भने । लोकतान्त्रिक विधिलार्य अंगिकार गरेर अघि बढ्ने मान्छेलाई सरकारका अहिले भइरहेका काला कर्तुतहरु बाहिर ल्याउदा आफु विरुद्ध चालिएको कदम भएको र जुन आफु विरुद्ध लगाइएका कुनै पनि आराेप सत्यमा आधारित नभएको उनले बताएका छन् । उनले भने –‘ जहाँ विकृति विसंगती छन् त्यो हटाउनुपर्छ भनेर मन्त्री पद हुदाँ र नहुदाँ मैले उठाएका आवाजलाई निस्तेज गर्ने दुस्प्रयास मात्र हो । ’

यसैबीच प्रणामी बचत तथा ऋण सहकारीका प्रमुख कार्यकारी अधिकृत दीपकबिक्रम थापाले पूर्वमन्त्री बस्नेतको नाममा खाता नरहेकोले पैसा हुने कुरै नभएको स्पष्ट पारेका छन् । उनले भने, ‘ प्रणामी बचत तथा ऋण सहकारीको ब्यालेन्ससीटको आकारनै ६० करोड भन्दा कम छ भने त्यति ठूलो रकम हाम्रो खातामा जम्मा हुनै सक्दैन ।’