विद्युतीय बस खरिद गर्न साझालाई तीन अर्ब

विद्युतीय बस खरिद गर्न साझालाई तीन अर्ब

काठमाडाैं, २ साउन । सरकारले तीन सय विद्युतीय बस खरिद गर्न साझा यातायात सहकारी संस्थालाई तीन अर्ब रुपैयाँ निकासा गरेको छ ।

बस खरिदका लागि नेपाल सरकारबाट साझाका खातामा रकम आइसकेको संस्थाका प्रबन्धक महेन्द्रराज पाण्डेयले बताउनुभयो । विद्युतीय बस खरिद गर्नेबारे मन्त्रिपरिषद्ले केही समय पहिले निर्णय गरेको थियो । सरकारले यस वर्षको बजेटमा समेत बस खरीदका लागि रकम छुट्याएको थियो ।

संस्थाले प्रदेश ३, काठमाण्डाै र ललितपुर महानगरपालिकासँगको सहकार्यमा पनि बस खरिद गर्दैछ । गएको महिना मात्रै प्रदेश ३ ले ३० करोड रुपैयाँ, काठमाण्डाै महानगरपालिकाले १० करोड रुपैयाँ, ललितपुर महानगरपालिकाले साढे २ करोड रुपैयाँ र साझा आफैँले साढे २ करोड रुपैयाँ गरेर ४५ करोडमा बस खरिद गर्ने सम्झौता भएको थियो । रासस