

काठमाडौं, १ साउन । बाढी-पहिरो, डुबानको प्रभाव, उद्धार तथा राहतबारे छलफल गर्न राष्ट्रियसभामा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता भएको छ ।
नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले बुधबार दर्ता गराएको प्रस्तावमा राजपा सांसद वृषेशचन्द्र लाल र कांग्रेस सांसद बद्री पाण्डेले समर्थन जनाएका छन् ।
वर्षाले मुलुकका विभिन्न भागमा सर्वसाधारणको मृत्यु भएको, घाइते र बेपत्ता भएका, सर्वसाधारणको घरबास, खेत बगाएर हजारौं विस्थापित भएका, राजमार्गहरु अवरुद्ध भएको, विद्युत् सेवा ठप्प, खानेपानीको अभाव, विद्यालय क्षतिग्रस्त, स्वास्थ्य उपचार, उद्धार तथा राहतको कामका सम्बन्धमा सदनले जानकारी लिई आवश्यक निर्देशन दिनुपर्ने भन्दै प्रस्ताव दर्ता गरिएको हो ।