बाढीपहिरो प्रभाबितलाई कांग्रेस सांसदहरुले ५ दिनको तलब दिने

बाढीपहिरो प्रभाबितलाई कांग्रेस सांसदहरुले ५ दिनको तलब दिने

काठमाडौं, ३० असार । नेपाली कांग्रेसबाट निर्वाचित सांसदहरुले बाढी, पहिरो र डुवान प्रभावितलाई आफ्नो ५ दिनको तलब सहयोग गर्ने भएका छन्।

कांग्रेस प्रमुख सचेतक बालकृष्ण खाँणले सोमबार एक विज्ञप्ति जारी गर्दै संघीय संसदका आफ्ना सांसदहरुको पाँच दिनको तलब दिने जनाएका हुन्।

प्रमुख सचेतक खाँणले संसदको अन्य कारवाही स्थगन गरी बाढी पहिरोको विपद व्यवस्थापन सम्बन्धमा छलफल गरियोस् भन्ने प्रस्ताव ल्याउँदा सत्तापक्ष सकारात्मक नभएको भन्दै आपत्ति जनाए।

सरकार संसदको सामना गर्न तयार नहुनु दुःखद भएको भन्दै खाँडले भनेका छन् ‘ कांग्रेस सरकारको यस्तो असंवेदनशील, अनुत्तरदायी र असहिष्णुता कार्य प्रति खेद प्रकट गर्दछ।’