अपडेट बाढी र पहिरो : मृत्यु हुनेको संख्या ३२ पुग्याे, देशभरकाे जनजीवन प्रभावित

अपडेट बाढी र पहिरो : मृत्यु हुनेको संख्या ३२ पुग्याे, देशभरकाे जनजीवन प्रभावित

काठमाडाैं, २८ असार । अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण ३२ जनाकाे मृत्यु भएकाे छ भने १७ जना बेपत्ता र १२ जना घाइते भएका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार विभिन्न ठाउँबाट अहिलेसम्म ८ सय ३१ जनाको उद्धार गरिएको छ भने ४ सय ३५ परिवारका १ हजार ५ सय जना विस्थापित भएका छन् ।बाढी पहिरोमा परेर ललितपुरमा पाँच तथा काठमाण्डाै, खोटाङ, काभ्रेपलाञ्चोक, भोजपुर र मकवानपुरमा तीन-तीन, धादिङ र सिन्धुलीमा दुई-दुई तथा ओखलढुङ्गा, पर्सा, रामेछाप, इलाम, झापा, सुनसरी, बारा र चितवनमा एक-एक जनाकाे मृत्यु भएकाे प्रहरीले बताएकाे छ ।

महोत्तरीमा पाँच सय, रौतहटमा दुई सय, सिन्धुलीमा ७०, काठमाण्डौमा ४२, उदयपुरमा १०, ललितपुरमा तीन, सिरहामा दुई तथा खोटाङ, भक्तपुर, सुनसरी र मकवानपुरमा एक-एक जनाको उद्धार गरिएको छ । मकवानपुरमा चार, काभ्रेमा दुई तथा खोटाङ, रामेछाप, धादिङ, दोलखा, सुनसरीमा र चितवन एक-एकजना घाइते भएका छन् ।

त्यस्तै सिन्धुलीमा चार, भोजपुरमा दुई तथा काठमाण्डौ, पाँचथर, झापा, उदयपुर, मोरङ, सुनसरी, महोत्तरी, रौतहट, धादिङ, मकवानपुर र ललितपुरमा एक-एक जना बेपत्ता भएको थापाले बताउनुभयो ।