सुनकोशी गाउँपालिकाको गाउँ सभा सम्पन्न

सुनकोशी गाउँपालिकाको गाउँ सभा सम्पन्न

रामचन्द्र दुलाल

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको सुनकोशी गाउँपालिकाको गाउँ सभा सम्पन्न भएको छ । प्रमुख अतिथि नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् पूर्व सञ्चारमन्त्री मोहनबहादुर बस्नेतको गाउँ सभाको उद्घाटन गर्नुभएको हो ।

फाेटाे: रामचन्द्र दुलाल

सो अवसरमा पूर्व सञ्चारमन्त्री बस्नेतले मुलुक विकासको रोलमोडल गाउँपालिका सुनकोशी गाउँपालिका बन्न सकोस् भन्दै शुभकामना दिनुभयो । साथै उहाँले स्थानीय तहको विकासकालागि आफुले सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो । उहाँले कांग्रेसले जितेका गाउँपालिकाहरुसंग विकास निर्माणमा प्रतिस्पर्धा गर्न सांसदहरुलाई चुनौती दिनुभयो । पूर्व सञ्चारमन्त्री बस्नेतले जनताले प्रत्यक्षरुपमा अनुभूति हुनेगरी काम गर्न गाउँपालिका अध्यक्ष र वडा अध्यक्षहरुलाई आग्रह गर्नुभयो । प्रदेश, क्षेत्र र केन्द्रमा आफुले पहल गर्ने प्रतिबद्धता जनाउदै उहाँले निर्वाचित सांसदहरुलाई नेकपाबाट निर्वाचित वडा अध्यक्षहरुलाई विकास निर्माणको काम माग गर्न निर्देशन दिनुभयो । सो अवसरमा उहाँले यदि निर्वाचित सांसदहरुबाट सहयोग प्राप्त नभए आफुले पूर्णरुपमा सहयोग गर्ने वचनबद्धता गर्नुभयो ।

फाेटाे: रामचन्द्र दुलाल

सुनकोशी गाउँपालिकाका अध्यक्ष श्रवणकुमार जीसी (विनोद) को सभापतित्वमा सम्पन्न कार्यक्रममा उपाध्यक्ष लक्ष्मी पौडेल लगायत सात वडाका अध्यक्षहरुले मन्तव्य राख्नुभएको थियो । साे अवसरमा वडा नंः ६ का अध्यक्ष रामकुमार थापा, वडा नंः ४ का अध्यक्ष देवेन्द्र खड्का र वडा नंः १ का अध्यक्ष नेत्र कार्कीले गाउँको विकासकोलागि आफु अहोरात्र खटिरहेको जानकारी गराउनुभएको थियो ।

फाेटाे: रामचन्द्र दुलाल

कार्यक्रममा उत्कृष्ट विद्यालय, शिक्षिका र कर्मचारीलाई नगदसहित सम्मान गरिएको थियो । गाउँ सभामा अध्यक्षहरु, सदस्यहरु, कार्यपालिकाका पदाधिकारी, शिक्षक, बुद्धिजीवि, विभिन्न राजनीतिक दलका स्थानीय नेताहरु र सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।

फाेटाे: रामचन्द्र दुलाल
फाेटाे: रामचन्द्र दुलाल
फाेटाे: रामचन्द्र दुलाल
फाेटाे: रामचन्द्र दुलाल