काठमाडाैं, २४ असार । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूले तत्काल तल्लो तहको अधिवेशन गर्न नेतृत्वलाई दबाब दिएका छन्। उक्त पार्टीको केन्द्रीय समितिको बैठक चल्दैगर्दा उनीहरूले थोरै अवधि बाँकी रहे पनि १४औं महाधिवेशनको जनादेशका लागि तल्लो तहको अधिवेशन गर्नुपर्ने तर्क अघि सारेका हुन्।
छिटोभन्दा छिटो अधिवेशन गरेर विधानअनुसारका सबै संरचना गठन गर्नुपर्नेमा सबैजसो जिल्ला सभापतिहरूको समान धारणा रहेको काभ्रे जिल्ला सभापति मधु आचार्यले जानकारी दिए।
यद्यपि आफूलाई १३औं महाधिवेशनको बाँकी कार्यकालसम्मका लागि अधिवेशन गर्ने कि १४ औं महाधिवेशनसम्मका लागि संरचना बनाउने भन्ने दुइटै निर्णय मान्य हुने उनको भनाइ छ।
‘तर तल्लो तहको अधिवेशन गराएर निर्वाचनबाट नै पार्टी संरचनाअनुसार नेतृत्व छान्नुपर्छ’ आचार्य थप्छन्– अधिवेशन नै नगरी छोटो समयको लागि भनेर मनोनित गरी नेतृत्व चयन गरे हामी जिल्ला सभापतिलाई मान्य हुनेछैन।
तेर्हौं महाधिवेशनपछि निष्कृयजस्तै रहेको कांग्रेसभित्र चौधौं महाधिवेशनको चर्चासँंगै केन्द्रदेखि गाउँ तहसम्म आन्तरिक संगठन चलायमान हुनथालेका छन्। याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।