काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काँग्रेस केन्द्रीय कार्यसमिति बैठक आज

काठमाडौँ, २२ असार । नेपाली काँग्रेस केन्द्रीय कार्य समितिको आजबाट सुरु हुदैछ । बैठक जागरण अभियान, पार्टीको संरचना, भातृ, शुभेच्छुक संगठनहरुको अधिवेशन लगायतका विषयमा छलफल केन्द्रित हुने एक नेताले बताएका छन् ।

प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार, पार्टीको विधानको धारा ७२ को ४ ले पार्टी सङ्गठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको र नेपालको संविधान बमोजिमका नविन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्थाअनुरूप नै गठन हुनेछन् ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा पार्टीको संशोधित विधानको अनुसारको नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरेपश्चात् पार्टीका सबै तहको संरचना निर्माण गर्ने काम अघि बढ्ने छ ।

त्यसैगरी जागरण अभियानको प्रथम चरणको समीक्षा र भदौ २४ बाट सुरु हुने दोस्रो चरणको कार्यक्रमबारे छलफल हुनेछ । केन्द्रीय समितिको बैठकलगतै नेपाल विद्यार्थी सङ्घलगायतका भ्रातृ संस्थाहरूबारे जरुरी निर्णय आवश्यक छलफलपछि हुने बताइएको छ ।