संसदका समितिहरुको बैठक बस्दै

संसदका समितिहरुको बैठक बस्दै

कठमाडौं, १९ असार । आज संघिय संसदका विभिन्न समितिहरुको बैठक बस्दैछ । विकास तथा प्रविधि समितिको बैठकमा स्मार्ट लाइसेन्स, विद्युतिय सवारी साधन सञ्चालन र व्यवस्थापन तथा बहिराहरुलाई लाइसेन्स दिनेबारे छलफल हुने बताइएको छ ।

यस्तै, आज राज्य व्यवस्था तथा सुशासन समितिको बैठक पनि बस्दैछ । बैठकमा प्रहरी कर्मचारीलाई नेपाल प्रहरी तथा प्रदेश प्रहरीमा समायोजन गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि छलफल हुनेछ । आजै विधायन व्यवस्थापन समितिको बैठक पनि बस्दैछ ।