राष्ट्रिय सभामा विनियोजन विधेयकमाथी छलफल हुदै

राष्ट्रिय सभामा विनियोजन विधेयकमाथी छलफल हुदै

काठमाडौं, १९ असार । विनियोजन विधेयक, २०७६ का विषयमा आज राष्ट्रियसभामा छलफल हुँदैछ । बिहान ११ बजे बस्ने राष्ट्रियसभाको बैठकमा बिनियोजन विधेयक, २०७६ का विभिन्न शिर्षकमा छलफल हुने लागेको हो ।

आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, रक्षा मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, सँस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय, राष्ट्रिय योजना आयोग, राष्ट्रपतिको कार्यालय र उपराष्ट्रपतिको कार्यालयको विनियोजन शिर्षकहरुमाथि छलफल हुनेछ ।