नेपाली कांग्रेसकाे तल्लो तहमा दुई चरणको अधिवेशन !

नेपाली कांग्रेसकाे तल्लो तहमा दुई चरणको अधिवेशन !

काठमाडाैं, १९ असार । नेपाली कांग्रेसले आगामी महाधिवेशनअघि तल्लो तहको दुई चरणको अधिवेशन गर्ने भएको छ ।

संघीय संरचनाअनुसार विधान संशोधन गरेको कांग्रेस अहिले तल्लो तहको संरचना निर्माणमा जुटेको छ । अधिवेशनमार्फत निर्माण हुने टोल तह सम्मको संरचनामा केन्द्रीय महाधिवेशनअघि अधिवेशन गरिने छ ।

प्रत्येक चार वर्षमा महाधिवेशन गर्नुपर्ने कांग्रेस पार्टीको विधानमा उल्लेख छ । तर, विधानमै एक वर्षसम्म समय थप गर्न पाउने व्यवस्था छ । यस हिसावले पनि अबको डेढ वर्षभित्र कांग्रेसको १४औं महाधिवेशन गर्नुपर्ने हुन्छ । यही डेढ वर्षको बीचमा कांग्रेसको नयाँ संरचनाअनुसार बन्ने सबै निकायमा दुई पटक अघिवेशन हुने भएको छ । याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकबाट लिएका हाैं ।

कांग्रेस केन्द्रीय सदस्य एवं नियमावली मस्यौदा समितिकी सदस्य ईश्वरी न्यौपानेले जानकारी दिएअनुसार अहिले बन्ने तल्लो तहको सबै संरचना १४औं महाधिवेशनअघिका लागि मात्र हो । १४औं महाधिवेशनको लागि फेरि अधिवेशन हुन्छ । ‘अहिले विधानअनुसार संरचना बनाउने मात्रै हो, अहिले गठन हुने समितिको म्याद केन्द्रीय महाधिवेशन अघि सम्मको लागि मात्र हो, १४औं महाधिवेशनअघि पुनः अधिवेशनमार्फत यी सबै संरचनामा नेतृत्व चयन हुन्छन्’– न्यौपानेले भने ।

पार्टीको केन्द्रीय कार्यसमिति, सीमाङ्कन हेरफेर नभएका जिल्ला कार्यसमिति, सीमाङ्कन परिवर्तन नभएका स्थानीय तहका कार्यसमिति यथावत रहने बाँकी रहने बाहेक बाँकी रहेको टोल तहसम्म अघिवेशन गरी पार्टी संरचना बनाउनुपर्ने विधानमा उल्लेख छ । टोल, वडा, नगरपालिका, गाउपालिका, प्रदेश, प्रतिनिधिसभा निर्वाचन क्षेत्र समिति, प्रदेश समिति लगायत तल्लो तहको संरचना अघिवेशन गरि निर्वाचनमार्फत तत्काल गठन गर्न कांग्रेस नेतृत्वलाई दबाब छ । याे खबर आजकाे नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ।