

एजेन्सी, १८ असार । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ। बुधबार विहान भएको खेलमा अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै घरेलु टोली ब्राजिल फाइनलमा प्रवेश गरेको छ। अब ब्राजिलले उपाधिका लागि चिली र पेरुबीचको विजेतासँग प्रतिस्पर्धा गर्ने छ।
दोस्रो सेफिाइनल खेल विहीबार विहान खेल हुने छ।नेयमारविनै मैदान उत्रिएको ब्राजिलले लियोनल मेस्सी नेतृत्वको अर्जेन्टिनामाथि शुरुदेखिनै दबाब दिएको थियो। ब्राजिलको जितमा रोबर्टो फिरमिनो र ग्रावियल जेससले गोल गरेका थिए।
१९ औं मिनेटमा जेससले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाए। उनले फिरमिनोको पासमा आकर्षक गोल गरेका थिए। पहिलो हाफमा १–० को अग्रता बनाएको ब्राजिलले दोस्रो हाफमा पनि १ गोल थपेको थियो।
७१औं मिनेटमा रोबर्टो फिरिमिनोले गोल गर्दै ब्राजिललाई २–० ले अग्रता दिलाएपछि अर्जेन्टिना निराश बन्न पुग्यो। त्यसपछि पनि गोल गर्न निकै प्रयास गरेको अर्जेन्टिनाको प्रयास सफल हुन सकेन। -स्पेशखबरबाट