कात्तिक मसान्तभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी

कात्तिक मसान्तभित्र उपनिर्वाचन सकिसक्ने आयोगको तयारी

काठमाडौं, १७ असार । देशका विभिन्न तहहरुमा विविध कारणले रिक्त रहेका पदहरुमा उपनिर्वाचन कहिले होला भन्ने आमचासो बढिरहेकै बेला निर्वाचन आयोगले कात्तिक मसान्तभित्र विभिन्न तहका पदमा रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरिसक्ने योजना बनाएको जनाएको छ ।

उपनिर्वाचनकालागि तथ्याङ्क लिने, उपनिर्वाचन सम्पन्न गर्नको लागि आवश्यक पर्ने समय र आवश्यक स्रोत साधन जुटाइरहेको आयोगका प्रमुख आयुक्त दिनेश थपलियाले जानकारी दिनुभयो । यसबारेमा सरकारसंग पनि कुराकानी भइसकेकाले कात्तिक मसान्तभित्र रिक्त रहेका ठाउँमा उपनिर्वाचन गरिसक्ने आयोगका थपलियाको भनाई छ ।

रिक्त रहेका प्रतिनिधि सभामा एउटा, प्रदेश सभामा ३ वटा, स्थानीय तहका प्रमुख र उपप्रमुख ५ वटा र वडाध्यक्ष करिब ४३ वटा पदमा उपनिर्वाचनबाट नेतृत्व चयन गर्नुपर्ने भएको छ ।