डा. भट्टराई बने राेपार (तस्वीरहरूसहित)

डा. भट्टराई बने राेपार (तस्वीरहरूसहित)

काठमाडौं, १५ असार । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले आज आफ्नै गृहजिल्ला गोरखामा हलिआलिमा सहभागिता जनाएका छन्

गोरखाको पालुङटार नगरपालिका वडा नं. १ र सफल मल्टीपर्पोज कृषि फर्मको आयोजनामा हलो जोत्दै भट्टराईले असार १५ अर्थात् राष्ट्रिय धान दिवस मनाएका हुन्।

हिलो लागेको ह्याट, हाफ पाइन्ट र हाफ बाहुला शर्ट लाएर हिलोमै हलो जोतिरहेको फोटोहरू ट्वीटरमा सार्वजनिक गर्दै भट्टराईले भनेका छन् – कृषिको आधुनिकीकरण र व्यवसायीकरणमा जोड दिउँ, स्वदेशमै रोजगार सिर्जना गरौं, कृषिमा आत्मनिर्भर बनौं।

तस्वीर:बाबुराम भट्टराई–फेसबुक पेजबाट
तस्वीर:बाबुराम भट्टराई–फेसबुक पेजबाट