काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा घिमिरे

काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा घिमिरे

काठमाडौँ, १५ असार । काठमाडौँ अदालत जिल्ला बार एकाइको अध्यक्षमा लोकतान्त्रिक समूहका उम्मेदवार जगदीश घिमिरे विजयी भएका छन् ।

अध्यक्षका उम्मेदवार घिमिरेले एक हजार तीन मत ल्याएर विजयी भएका हुन् । उनका प्रतिस्पर्धी प्रगतिशील समूहका उम्मेदवार कुमार आचार्यले ११० मत प्राप्त गरेको काठमाडौँ बार निर्वाचन अधिकृत कमलराज अधिकारीले जानकारी दिए । अध्यक्षसहित पूरै प्यानल नै लोकतान्त्रिक समूहका उम्मेदवार विजयी भएका छन् ।

उपाध्यक्षमा सुवोधबाबु चिलुवाल, सचिवमा दमनकुमार चन्द, सहसचिवमा लक्ष्मी सापकोटा (निर्विरोध), कोषाध्यक्षमा विश्वास आचार्य विजयी भएका छन् । महिला सदस्यमा अञ्जना अर्याल र प्रमिला कायस्था (निर्विरोध), खुला सदस्यमा अञ्जन धिताल, दिवाकरराज पाण्डे, ज्ञानेन्द्रप्रसाद दाहाल, राजुकुमार अधिकारी, जयबहादुर भुजेल (गणेश), विनु श्रेष्ठ, विश्वरमण सिंह, विष्णुप्रसाद ढकाल, वीरेन्द्र पाठक, वासुदेव रिजाल, डा शिवकुमार यादव र दीपेन्द्र अधिकारी विजयी भएका छन् ।

नेपालकै सबैभन्दा धेरै दुई हजार ६०८ मतदाता रहेको सो बारमा एक हजार १९८ मत मात्र खसेको छ । शनिबार ४ बजे मतदान सम्पन्न भएर साँझ ५ः३० देखि मतगणना शुरु भएको थियो । सो बार एकाइमा अध्यक्ष, उपाध्यक्ष, सचिव, सहसचिव, कोषाध्यक्ष, महिला सदस्य (दुई) र खुला सदस्य १२ गरी १९ सदस्यीय कार्यसमिति निर्वाचित हुने व्यवस्था रहेको छ ।