एजेन्सी । इथियोपियामा सुरक्षाकर्मीहरुले २ सय ५० जनाभन्दा बढीलाई गिरफ्तार गरेका छन् । उच्च तहका पाँच सुरक्षा अधिकारीको हत्या भएपछि ‘कु’ को खतरा रहेको आशंकाका बीच उनीहरुलाई गिरफ्तार गरिएको हो ।
बीबीसीकाअनुसार सत्ता कु को खतरा बढेको आशंका गरिएकोे छ । राजधानी अदिस अबाबा र उत्तरी सहर अम्हारामा अहिले उच्च सुरक्षा सतर्कता अपनाइएको सरकारी अधिकारीहरुले बताएका छन् । गत हप्ताको अन्त्यमा सेना प्रमुख, एक जना अवकास प्राप्त जनरल र अर्का तीन जना वरिष्ठ क्षेत्रीय उच्च अधिकारीहरुको हत्या भएपछि सुरक्षा सतर्कता बढाइएको हो ।
विद्रोही सुरक्षाकर्मीहरुको तर्फबाट मुलुकलाई खतरा रहेको भन्दै सुरक्षा अधिकारीहरुले सरकारी पक्ष पूर्ण तयारी र सतर्क अवस्थामा रहेको बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।