-उमेश श्रेष्ठ-
एसइई परीक्षाको नतिजाले शिक्षाको स्तर पटक्कै सुधार हुन नसकेको तथ्य उजागर भएको छ । अझै सामुदायिक विद्यालयको नाजुक अवस्थाले त शिक्षामा सरकारको लगानी बालुवामा पानी भनेजस्तै भएको छ ।
७१ प्रतिशत सामुदायिक र २९ प्रतिशत निजी विद्यालयका विद्यार्थी सहभागी भएको परीक्षामा सामुदायिक विद्यालयको नतिजा धेरैनै खस्केको अवस्था छ । निजी विद्यालयका झण्डै १५ हजार विद्यार्थीले उच्च ग्रेड ल्याएकामा सामुदायिक विद्यालयतर्फ जम्मा २ हजार ७ सय ९२ विद्यार्थीले मात्र जीपीए प्राप्त गर्नु अत्यन्त दुखद् पक्ष हो । समस्याको चुरो पत्ता लागेकै छ तर यसको समाधानका लागि के सरकार अझै शिक्षामन्त्री गम्भिर हुनुहुन्छ त ? यसवाटनै शिक्षाको समग्र सुधारको मार्गचित्र तय हुनेछ । बेलैमा सचेत बनौ र पूर्वाधारको पनि पूर्वाधार शिक्षाको सुधारका लागि इमान्दार पर्यत्न थाल्न ढिलाइ नगरौं । एसइई परीक्षामा सफलता प्राप्त गर्ने सबैमा शुभकामना ।
शिक्षाविद् एवम् प्रतिनिधि सभाका सांसद उमेश श्रेष्ठकाे फेसबुकबाट