

काठमाडौँ, १३ असार । काठमाडौँ उपत्यकामा सिरिन्ज (सुई) आक्रमणमा संलग्न भएको आशङ्कामा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले गएराति १२ बजे महाराजगञ्जबाट रामेछाप स्थायी घर भएका सन्तोष कार्कीलाई सिरिन्ज आक्रमणको आरोपमा पक्राउ गरेको हो ।
कार्कीले भने आफूले सिरिन्जले नभइ काँटीले घोचेको बताएका छन् । काठमाडौँमा अहिलेसम्म ६ जना सिरिन्ज आक्रमणमा परेको महानगरीय प्रहरी परिसर टेकुले जनाएको छ । पक्राउ परेका कार्कीको बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।