निरीह बन्दै गुल्मी दरबार गाउँपालिका जुभुङका जनप्रतिनिधि

निरीह बन्दै गुल्मी दरबार गाउँपालिका जुभुङका जनप्रतिनिधि

-राज भण्डारी –

गुल्मी, १२ असार । बर्षा लागेसंगै बिजुलीको तार पोलहरुबाट पनि करेन्ट लाग्ने सम्भावना उच्च हुने भएकोले चिसो हरियोले बिजुलीको तारहरु छोएको छ भने हामी सकेसम्म परै जान्छौ। तर वडा कार्यालयदेखि धेरै नै नजिक करिब ५ सय मिटरको दुरिमा अवस्थित कोट्टोलामा तारहरुले भुइ नै छुन लागि सकेका छन् । एक स्थानीयवासिन्दाले भने– ‘त्यता नजानु करेन्ट लाग्छ है भन्दा ठिक्कै छ ।’ पटक पटक वडा कार्यलयमा खबर गर्दा पनि स्थानीय सरकार सुनेर नि नसुने जस्तो गरिराखेको छ । आखिर स्थानीय सरकार केका लागि भन्दै स्थानीयबासीहरु आफ्नो गुनासो गरिराखेका छन् ।
हाम्रो जुभुङ राम्रो जुभुङ फेसबुक पेजले लेखेको छ – ‘जुभुङका विजय जनप्रतिनिधिहरु लाई तपाईंहरुलाईं यो कुराको जानकारी होस् । तपाईंहरुलाई कुर्सीमा पुर्याएको तिनै जनताको मतले हो । तिनीहरुको काम नगरे कसको काम गर्ने हो ? त्यसैले छिटो भन्दा छिटो त्यो काममा ढिला सुस्ती नगरी आजै नै त्यो काम गरिदिनुहोस् त्यो तपाईंहरुको दायित्व हो भन्दै अपिल गर्दछौं । जसले गर्दा तपाईंहरुको लापरबाहीले अप्रिय घटनाहरु घटना हुन नपाओस् भन्दै सल्लाह सुझाव पनि व्यक्त गर्दछौ।’

यो पोस्ट देख्ने जत्तिले सेयर गरेर दवाव दिनुहोला ति जनप्रतिनिधिहरुलाई जसले सानो कुरामा ठूलो लापर्वाही गरिरहेका छन्।

–हाम्रो जुभुङ– राम्रो जुभुङ फेसबुकको सहयोगमा