मन्त्रिमण्डल हेरफेरको तयारी, दुवै अध्यक्ष छलफलमा

मन्त्रिमण्डल हेरफेरको तयारी, दुवै अध्यक्ष छलफलमा

काठमाडौं, १२ असार । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको मन्त्रिमण्डल हेरफेरको तयारी भइरहेको बालुवाटार स्रोतले बताएको छ ।

केही नयाँ अनुहार थप्ने र केही हटाउने गरि फेरबदलको तयारी भइरहेको मन्त्रिपरिषद् कार्यालय स्रोतले जानकारी दिएको छ । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच हिजो भएको छलफलमा कम्तीमा ६ जना मन्त्री हेरफेर गर्ने सहमति भएको बुझिएको छ ।

दुई अध्यक्षको सहमतिअनुसार आज छुट्टाछुट्टै र सयुक्त छलफल गर्दै हुनुहुन्छ । सहमतिपछि मन्त्रिमण्डलमा हेरफेरका लागि दुवै अध्यक्ष गृहकार्यमालाग्नु भएको छ । आज पूर्वएमाले र पूर्वमाओवादीका आकांक्षी सांसदसँग छलफलमा जुट्दैहुनुहुन्छ । प्रधानमन्त्री ओलीले सांसद महेश बस्नेत, पार्वत गुरुङ र योगेश भट्टराईलाई छलफलका लागि बालुवाटार बोलाउनु भएको छ भने अर्का अध्यक्ष दाहाल प्रचण्डले मन्त्री बन्न आकांक्षी सांसदहरु जनार्दन शर्मा, प्रभु साह र देवेन्द्र पौडेललाई आफ्नो निवास खुमलटार बोलाउनु भएको छ ।