ट्याक्टर दुर्घटनाः तीन विद्यार्थीको मृत्यु

ट्याक्टर दुर्घटनाः तीन विद्यार्थीको मृत्यु

अछाम, ११ असार । अछामको चौरपाटी गाउँपालिका वडा नम्बर ३ मा ट्याक्टर दुर्घटना हुँदा तीन जना विद्यार्थीको मृत्यु भएको छ भने चार जना घाईते भएका छन् ।

आज बिहान ७ बजे भएको दुर्घटनामा मृत्यु हुनेमा रमेश साउद, लक्ष्मी साउद र काली साउद रहेको प्रहरीले जनाएको छ । अन्य ४ जना घाईतेलाई भने उपचारको लागि नजिकैको अस्पताल पठाइएको छ । ट्याक्टर चालक भने हाम फालेर बाँचेका छन् ।

से १ त ७८३९ नम्वरको ट्याक्टर सह–चालकले चलाएका कारण दुर्घटना भएको प्रहरीको अनुसन्धानबाट देखिएको छ । मृत्यु भएका रमेश साउदले ट्याक्टर चलाएका थिए । एसईई दिएर बसेका उनी ट्याक्टरमा सहचालकको काम गर्थे ।