अमेरिकाले लगायो इरानमाथि थप प्रतिबन्ध

अमेरिकाले लगायो इरानमाथि थप प्रतिबन्ध

एजेन्सी । अमेरिकाले इरानमाथि थप प्रतिबन्ध लगाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी ड्रोनमाथि भएको हमलासहित अन्य घटनालाई लिएर इरानमाथि थप प्रतिबन्ध लगाइएको प्रतिक्रिया दिनुभएको छ ।

इरानमाथि थप प्रतिबन्ध लगाएको घोषणा गर्दै त्यसमा इरानी नेता अली खमेनीलाई प्रतिबन्घ लगाएन लागिएको ट्रम्पको भनाई छ । राष्ट्रपति ट्रम्पले इरानको हरेक गतिविधीमा इरानी नेता खमेनी जिम्मेवार रहेको भन्दै उहाँमाथिको प्रतिबन्ध अति जरुरी रहेको बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

नयाँ प्रतिबन्धपछि इरानका सर्वोच्च नेता र उहाँ मातहतका सबै व्यक्तिलाई आउने वित्तीय सहयोग रोकिने दाबी अमेरिकाको छ ।