काठमाडौं, ९ असार । संघिय संसद् अन्तर्गतको प्रतिनिधि सभामा विनियोजन विधेयकमाथि सांसद्हरूले उठाएका प्रश्नहरूको आज मन्त्रीहरूले जबाफ दिने कार्यक्रम रहेको छ ।
प्रतिनिधि सभा बैठकमा आज श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, र गृह मन्त्रालयको विभिन्न शीर्षकमाथि छलफल हुनेछ ।
छलफलमा उठेका प्रश्नहरुको सम्बन्धित मन्त्रालयका मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ । बजेटमाथि सांसद्हरूले उठाएका प्रश्नहरूमाथि मन्त्रीहरूले कर्मकाण्डी जबाफ दिएको भन्दै हिजोको बैठकमा सांसद्हरूले आलोचना गरेका थिए ।